गुल्मी । रेसुङ्गा नगरपालिका १३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा प्रकाशले जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गर्दा घाइते भएकी पार्वतीको उपचारको क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भए संगै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले प्रकाशलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















