काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५९६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४०४ जनाको नमूना परीक्षणका क्रममा आइतबार ५९६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ९ हजार २३७ जनाको पीसीआर गर्दा ५६५ जना र ३ हजार १६७ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको हो ।





















