स्याङजा । जिल्लाको केयोडाडाँ गाँउमा बिवाह भोज खाएर फर्किएका पुतली बजार नगरपालिका एक पुरुष मृत्त फेला परेका छन् ।
शनिबार पुतलीबजार नगरपालिका ३ कमरेमाटा बस्ने वर्ष ५६ को टिकाराम नेपाली केयोडाडा गाँउमा विबाहको भोजमा गई घर फर्कीने क्रममा घर नआए पछि खोज तलास गर्दा मृत्त भेटिएको स्याङजा प्रहरीले जनाएको छ ।
नेपालीको शव आइतबार पुतलीबजार नगरपालिका ३ काफलडाँडा गोरेटो बाटो देखि अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा अनुसन्धान भईरहेको स्याङजा प्रहरीले जनाएको छ ।


