काठमाण्डौं । ३ दिन अगाणी नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्विकृत भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबारै बिहान स्वीकृत गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरूले प्रश्न उठाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् ।


