काठमाण्डौं । शेरबहादुर देउवाको सरकारका हालै नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने घोषणा गरेका हुन् । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान समेत हुन् ।
उनले स्वविवेक प्रयोग गरेर विवादमा पर्न चाहेको भन्दै आज राजीनामा दिने बताएका हुन ।




















