काठमाण्डौं । भारतबाट आज १० लाख डोज कोभिसिल्ड खोप आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको झण्डै ८ महिनापछि खोप शनिबार नेपाल आइपुगेको हो ।
ओली सरकारकै पालामा भारतीय कम्पनी सेरम संग फागुन ५ गते प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । सम्झौता अनुसार १० लाख डोज त्यती वेला नै आएको भएता पनि १० लाख डोज आउन बाँकी थियो ।
सेरमले सम्झौता अनुरुपको खोप समयमै नदिए पछि पहिलो डोज लगाएका झण्डै १३ लाख व्यक्तिले दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।




















