सुर्खेत । मुटुरोगको समस्याबाट ग्रसित बैतडीका १ वडा सदस्यको मृत्यु भएको छ ।
बैतडी जिल्लाको मेलौली नगरपालिका १ की महिला वडा सदस्य ५५ बर्षकी द्रोपती चन्दको उपचारका क्रममा मृत्यु भएको नगरपालिका प्रवक्ता सुरत नेगीले जानकारी दिए ।
केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा महेन्द्रनगरमा निधन भएको उनले जानकारी दिए ।
चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन ।




















