गोरखा । गोरखा दसरमुकाममा आज देखी नयाँ नोट बितरण हुने भएको छ ।
सदरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैंकले आज देखी नयाँ नोट बितरण गर्न लागेको हो ।
नेपालीहरुको महान चाड वडादशैं घर भित्रीए संगै नयाँ नोटका माग उच्च हुने भएकोले बैंकले नयाँ नोट आज देखी बितरण गर्न लागेको राबाबैंक गोरखाले जनाएको छ ।
५, १०, २०, ५० र १०० दरका नयाँ नोट चाहिएमा आजै (शनिबार) नै बैंकमा आउन बैंकले आग्रह गरेको छ ।
सिमित मात्रमा मात्र प्राप्त नयाँ नोट माग अनुसार बितरण गरिने पनि बैंकले जनाएको छ ।
बिजयाँ दशमीको टिका ग्रहण गर्दा जमरा संगै नयाँ नोट दिने भएका पनि प्रत्यके बर्षको दशैंमा नयाँ नोटको माग उच्च हुने गर्दछ ।
नयाँ नोटको आयु लामो बनाउन नोटमा कुनै पनि प्रकारको रंगहरु लाग्न नदिन समेत बैंकले सबैलाई आग्रह गरेको छ ।




















