नुवाकोट । नुवाकोटको चौघडा रानिबासमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ परेका छन् ।
श्रीमती ३२ वर्षीया शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका ४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको र जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका त्रिशुली अस्पताल भर्ना गरेको थियो ।




















