एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान भूकम्प आउदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
प्रारम्भिक सूचनाअनुसार भुकम्प ५.७ रेक्टर स्केल मापन गरिएको भूकम्पले कहाँ कहाँ क्षति पुरयाएको छ भन्ने पूर्ण जानकारी भने प्राप्त हुन सकेको छैन ।
पाकिस्तानका विपद् व्यवस्थापन अधिकारीहरुका अनुसार भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने छ ।
सामाजिक सञ्जालमा देखिएका तस्बिरहरुमा क्वेटा शहरका मानिसहरु भूकम्पपछिको सडकमा बाहिर जम्मा भएको देखिएका छन् । यद्यपी विस्तृत विवरण भने आइसकेको छैन ।




















