काठमाण्डौं । चीन सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख मात्रा सिनोभ्याक खोप दिने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा चीनले १० लाख मात्रा खोप उपलब्ध बचन दिएकी हुन् ।
राज्यमन्त्री श्रेष्ठले चीनले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराउनेबारे ट्विटमार्फत् जानकारी गराएका छन् ।
हाल नेपालमा सिनोभ्याक खोप उपयोगमा आएको छैन । यसअघि चीनले अनुदानमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो ।




















