काठमाण्डौं । देशैभरका अदालतहरु भोली (घटस्थापना)देखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालीहरुको महान चाड दशैको पहिलो दिन घटनास्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका सबै अदालत बन्द रहने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । दाहालका अनुसार विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम भने मिलाइएको छ ।
उत्त समयमा अदालत ११ बजेदेखि ३ बजेसम्म खुल्ने रहने छ ।




















