धनुषा । बिदेह नगरपालिका ७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प)बाट नगद ६ लाख रुपैयाँ लुटपाट भएको छ ।
अपरिचित ६/७ जनाको समूहमा आएका व्यक्तिहरुले उक्त आयल स्टोरको ढोका फोडी आयल स्टोरको संचालक बिदेह नगरपालिका ८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको धनुषा प्रहरीले जनाएको छ ।
घटनाका बारेमा खबर प्राप्त गरे लगत्तै प्रहरी चौकी गिद्दा एंव सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको ब्यापक रुपमा खोजी भई रहेको प्रहरीले जनाएको छ ।




















