काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका ८ को भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते खडकाको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















