काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा १० हजार ८७४ नमूना परीक्षणमा सोमबार १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ५ हजार ८५३ जनाको पीसीआर गर्दा ८१२ जना र ४ हजार ९८१ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा पीसीआर तर्फ ७ लाख ९८ हजार ४ जना र एन्टिजेन तर्फ ९२ हजार २५२ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १ हजार मानिसले कोरोना जित्न सफल भएका छन् । यो सहित कोरोना जित्नेको संख्या ७ लाख ७० हजार २२४ जना पुगको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमण भएका १० जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुनेको संख्या ११ हजार १७० जना पुगको मन्त्रालयले जनाएको छ ।





















