रामेछाप । नेपाली काँग्रेस रामेछापको आइतबार भएको निर्वाचनमा प्रतिस्पर्धी ३ जनामध्ये तामाङले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
कुल सदर मत १ हजार ३५२ मा तामाङले ६६८ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी जिल्ला सभापति लवश्री न्यौपानेले ३५६ र नेता कृष्णबहादुर महतले ३२८ मत र्पाएका थिए ।
कांग्रेसको विधान बमोजिम जिल्ला सभापति निर्वाचित हुन सदर मतको ५० प्रतिशत भन्दा बढी प्राप्त गर्नुपर्ने भएकाले निर्वाचन समितिले आइतबारको निर्वाचनमा उच्चतम मत प्राप्त गर्ने तामाङ र न्यौपानेबीच सोमबार (आज) मतदान गराउने कार्यक्रम सार्वजनिक गरेको थियो । तर न्यौपाने लगायत नेताहरूले मतदानमा नगई ५० प्रतिशतको हाराहारीमा मत पाउने तामाङलाई जिल्ला सभापतिमा सर्वसम्मत बनाउने सहमति जुटेको हो ।
उक्त सहमति बमोजिम तामाङले मात्र दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकाले जिल्ला निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित गरेको मतदान अधिकृत अर्जुनबहादुर श्रेष्ठले जानकारी दिए ।




















