एजेन्सी । ईटालीमा उडिरहेको बिमान भवन माथि खस्दा ८ जनाको मृत्यु भएको छ ।
उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा एउटा निजी विमान खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको ईटाली सरकारले पुष्टी गरेको हो ।
सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । र्इटालीका सञ्चार मध्यामका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए ।
उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।
दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो । तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् ।
दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको ईटाली प्रहरी जनाएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन् ।


