ललितपुर । ललितपुरको ग्वार्कोमा डयुटीमा खटिएको प्रहरीलाई लक्षित गरी अश्लिल गाली गलौच गदैृ टिकटक बनाउने १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
ललितपुर महानगरपालिका १७ ग्वार्को चोकमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाण्डौं महानगरपालिका स्वयम्भू बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय रोमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट ड्युटीमा खटिएको प्रहरीलाई अश्लिल शब्द प्रयोग गरी भिडियो बनाई टिकटकमा राखेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।




















