रुपन्देही । रुपन्देहीको दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा २१ बर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका ६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका ६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीलाई जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका खड्काका सम्बन्धमा मुद्वा दर्ता गरी प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।



