पोखरा । पोखराको पावर हाउस चोकबाट १ किलो गाँजा सहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका ३० को पावर हाउस चोकबाट करिब १ किलो गाँजा सहित सोही महानगरपालिका ८ बस्ने पाल्पा माछागढी गाउँपालिका १ घर भएका २१ वर्षीय अजय घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाण्डौंबाट पोखरातर्फ आउदै गरेको बा. १ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मगर संग उक्त परिमाणको गाँजा फेला परे पछि उनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















