काठमाण्डौं । काठमाण्डौंको कलंकीबाट सुन जस्तो देखिने पहेलो धातु सहित पाल्पाका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कामाण्डौं महानगरपालिका १४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित नवलपरासी पूर्व कावासोती नगरपालिका ८ बस्ने पाल्पा चिडापानी ३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उक्त धातुको सहित गिरी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ




















