नेपाल कम्यूष्टि पार्टी (एकीकृत समाजवादी) ले कास्की जिल्लामा संगठन निर्माण अभियानलाई अगाडी बढाएको छ ।
अभियान अन्तरर्गत पोखरा महानगरपालिका १५ मा पार्टीको भेला सम्पन्न भएको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
कमिटिको उपाध्यक्ष्यमा गुरूदत्तपौडेल, कुमारी गरुङलाई र सचिवमा मदन गिरीलाई चयन गरेका छन ।
भेलाको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि, नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य श्रीनाथ वरालले आफ्नै पार्टीको झण्डै दुई तिहाईको वहुमतको संसद माथी असंवैधानिक तवरले पटक पटक प्रहार गर्ने र आफैले नेतृत्व गरेको सरकार अनि पार्टी बचाउन नसक्नेहरूको बोलवाल रहेको एमालेले लोकतन्त्र र संविधानको रक्षा नसक्ने भएकाले आफुहरूले विद्रोह गरि नयाँँ पार्टीको रूपमा कम्यूनिष्ट पार्टीको पुर्नगठन गरेको वताए ।
कार्यक्रममा पार्टीका पोखरा महानगर अध्यक्ष मुक्ती पौडेल, जिल्ला उप सचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिवी राई, चित्र वराल, पुनलाल विक, जिल्ला कमिटि सदस्यहरु शर्मिला पौडेल, ख्यामनारायण पौडेल, मुक्ती गुरुङलगायतले पुष्पलाल, मदन र मनमोहनले देखेको सपनालाई साकार पार्ने दयित्व आफनो पार्टीको काँधमा आएको वताउदै सवैले भ्रमलाई चिर्दै कार्यकर्ता र जनताको विचमा गएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम वडाका जेष्ठ कम्यूनिष्ट नेता ओमबहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।




















