काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ८६७ जनामा संक्रमण पुष्टि भएको छ ।
गएको पछिल्लो २४ घन्टामा ८ हजार २१९ नमूना परीक्षणमा गर्दा ८६७ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये ५ हजार ५९८ जनाको पीसीआर गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशैभर १७ हजार ६४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ११२ जनाको भेन्टिलेटरमा र ३५० जनाको आइसीयूमा उपचार भइरहेको छ ।




















