काठमाण्डौं । काठमाण्डौंको नागढुङाबाट कस्तुरीको बिना सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिना सहित नुवाकोट किस्पाङ गाउँपालिका ८ बस्ने ५१ वर्षीय सार्की घलेलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिशुलीबाट काठमाण्डौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा बसमा सवार घलेलाई उक्त बिना सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
घलेलाई बरामद कस्तुरीको बिना सहित आवश्यक अनुसन्धानको लागि डिभिजन बन कार्यालय हात्तीसार काठमाण्डौंमा बुझाईएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।




















