साँकेतिक तस्बिर
पर्सा । वीरगञ्जको सिर्सियाबाट श्रोत नखुलेको १५ लाख ५० हजार सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बीरगञ्ज महानगरपालिका २५ सिर्सियाबाट पर्सा धोविनी गाउँपालिका ३ हरिहरपुर बस्ने २३ वर्षीय बलिराम पटेल, भारत पूर्वी चम्पारण थाना कंगेली १ बसतपुर बस्ने २५ वर्षीय बिक्रम पटेल र भारत मोतिहारी थाना पलनवा भेलही बस्ने २९ वर्षीय मुकेश पटेल रहेका छन् ।
छप्कैया(सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ३ वटा मोटरसाइकलमा सवार उनीहरूलाई चेक जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई ल्याएको उक्त श्रोत नखुलेको उत्त नेपाली रुपैया सहित उनीलाई पक्राउ गरिएको हो ।
उनीहरुबाट ना. ६० प ५९९८, ना. ४१ प १०४८ र ना. ६४ प ८३५९ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




















