एजेन्सी । भारतको उत्तर प्रदेशस्थित शामली जिल्लाको कैराना कस्बेमा रहेको पटाखा कारखानामा विष्फोट भएको छ ।
कारखानामा विष्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
विष्फोटको क्रममा भएको आगलागी नियन्त्रण गर्न निकै कठिन परेको सरकारी कर्मचारीहरुले जनाइएका छन् ।
प्रहरी र प्रशासनिक अधिकारी समयमै घटनास्थलमा पुगेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















