पर्वत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोदी गाउँपालिका ५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको पर्वत प्रहरीले जनाएको छ ।
१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याए पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनलाई कुश्मा नगरपालिका ६ शिवालय चोकबाट पक्राउ गरेको थियो ।
पक्राउ परेको भण्डारी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय पर्वतले जनाएको छ ।




















