काठमाण्डौ । नोबल कोरोना भाइरसबाट आज थप १ हजार ७८ जनामा संक्रमण पुष्टी भएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ७६५ जनाको नमूना परिक्षण गर्दा बिहीबार १ हजार ७८ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमित मध्ये ८ हजार ५५५ जनाको पीसीआर गर्दा ८९८ जना र ३ हजार २१० जनाको एन्टिजेन गर्दा १८० जनामा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको कुल संख्या ८ लाख ८६ हजार ६१४ जना पुगेका छन् । बिहीबार नै थप ९११ जनाले कोरोना जित्न सफल भएका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमण भएका मध्ये १२ जनाको ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको छ ।





















