काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय आब्हान गरेका छन् । बैठक अहिले बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । तर प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बिषयमा अझै टुगो लागेको छैन ।
बैठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल केन्द्रित हुने जनाईएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाईएको छ ।




















