काठमाण्डौँ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० ले हारेको हो ।
बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले २ गोल गरे । राफा सिल्भाकोले १ गोल गरेका थिए ।
बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराएको हो ।
जितसँगै समूह ई मा बेन्फिका २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोना भने अन्तिममा पुगेको छ ।




















