अर्घाखाँची । आफ्नै श्रीमतीको हत्या आरोपमा अर्घाखाचीमा १ जना पुरुष पक्राउ परेका छन् ।
सन्धिखर्क नगरपालिका ७ न्यु खोला बस्ने ३५ वर्षीया श्रीमती सिता बिकको हत्या आरोपमा उनका श्रीमान ३० वर्षीय बिष्णु विकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
श्रीमान श्रीमती बिच सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
बिकलाइ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिकको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















