काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार १५८ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको नमूना परिक्षणका क्रममा मंगलबार १ हजार १५८ जनामा संक्रमण देखिएको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये ११ हजार ६७२ जनाको पीसीआर गर्दा ९०४ जना र २ हजार ३३१ जनाको एन्टिजेन परिक्षण गर्दा २५४ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित पीसीआर तर्फ ७ लाख ९३ हजार २७१ जना र एन्टिजेन तर्फ ९१ हजार १०८ जनामा संक्रमण देखिएको छ ।
मंगलबार नै थप १ हजार ३१८ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये थप १२ जनाको ज्यान गएको छ । यो सहित संक्रमणका कारण ज्यान गुमाउने संख्या ११ हजार ११५ जना पृगेको मन्त्रालयले जनाएको छ ।





















