धादिङ । धादिङको कृण्ण भिरमा आज दिउसो यात्रुबाहक बस र लहरी एक आपसमा ठक्कर खाएको छ । बस र लहरी एक आपसमा ठक्कर खाएता पनि ठुलो दुर्घटनाहुनबाट जोगिएको छ ।
काठमाण्डौंबाट मुग्लीन तर्फ जादै गरेको ना ७ ख ६३३६ नम्बरको कन्टेनर बोक्ने लहरी र स्याङजाबाट काठमाण्डौं तर्फ जादै गरेको ग १ ख ९५५२ नम्बरको बस एक आपसमा ठककर खाएको हो ।
लहरीले बढी साईट च्याप्दा बसको पछिल्लो भागमा ठुलो क्षति पुगेको बसमा सवार गोरखा जिल्ला चुमनुब्री गाउँपालिका बिरबल घलेले जानकारी दिए । ‘एक फिट मात्र पनि बढी च्यापीएको भए बस त्रिशुली नदीमा खस्ने’ घलेले बताए ।
मंगलबार दिउसो २ः३० बजे भएको उत्त घटनामा परि बसमा सवार कोही पनि यात्री घाईते नभएको इलाका प्रहरी कार्यालय बिशालटार चौकीका ईन्चार्जले जनाकारी दिए ।
प्रहरी चौकीका अनुसार लहरी र त्यसका चालकलाई नियन्त्रणमा लिएको र आवश्यक सोधपुछ भई रहेको जनाएको छ ।
तस्बिर बिरबल घले





















