काठमाण्डौं । नवलपुर मध्य बिन्दु नगरपालिकामा एक युवक राजधानीमा लागुऔषध सहित पक्राउ परेका छन् ।
काठमाण्डौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित सडकबाट २५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाण्डौं महानगरपालिका ३ बसुन्धारा बस्ने नवलपरासी (पश्चिम) मध्यबिन्दु नगरपालिका ८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारेको हो ।
थप अनुसन्धानको क्रममा उक्त ब्राउनसुगर काठमाण्डौं महानगरपालिका ३० ज्ञानेश्वर बस्ने मोरङ उर्लाबारी नगरपालिका २ घर भएका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि सोही महानगरपालिका ३० ज्ञानेश्वरबाट बा.७० प २४९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तामाङलाई समेत २७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित प्रहरीले पक्राउ गरेको छ ।
दुवै जनलाई लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।




















