साँकेतिक तस्बिर
बाँके । बाँकेको कोहलपुरमा श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका ३ भगरीयाका ३४ वर्षीय प्रकाश न्यौपानेलाई श्रीमती हत्याको आरोपमा शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रकाशलाई प्रहरीले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गए पछि मृत्तकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रकाश बिरुद्व बाँके जिल्ला अदालतमा ज्यान सम्वन्धी मुद्वामा मुद्वा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















