दिल्ली । दिल्लीको रोहिणी अदालत अगाडि गोली चल्दा ग्याङ स्टार सहित ३ जनाको ज्यान गएको छ । दिल्ली प्रहरीले गोली काण्डमा ३ जनाको ज्यान गएको र अन्य ३ जना घाईते भएको जनाएको छ ।
शुक्रबार अपरिचित हतियारधारी समूहले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गरी प्रहरीको जवाफी कारबाहीमा २ आक्रमणकारी पनि मारिएका छन् ।
आक्रमणकारीहरु वकिलको पोशाक आएको प्रहरीले जनाएको छ । आक्रमणमा १ जना महिला वकिलसहित ३ जना घाइते भएका छन् ।




















