इटहरी । ग्राहकको खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेको अभियोगमा इलामका केशव राईलाई प्रहरीले पक्राउ गरेको छ ।
सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा राईले पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा २७ लाख रुपैयाँ झिकेका थिए ।
उच्च अदालत विराटनगरले उनीविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका राईलाई इटहरी ४ स्थित तुलसा टोलबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




















