साँकेतिक तस्बिर
एजेन्सी । भारतको मुम्बईबाट प्रहरीले १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २८ जनालाई नियन्त्रणमा लिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथीले गत जनवरीमा बलात्कार गरेर त्यसको भिडियो पनि बनाएका थिए ।
केटा साथीले उक्त भिडियो अरु साथीलाई देखाए लगत्तै अरुले पनि सोही भिडीयो देखाएर दवाव दिदै सामूहिक बलात्कार गर्दै आएका थिए ।
मुम्बै प्रहरीका अनुसार बालिकामाथि मुम्बईको डोम्बीवली, बदलपुर, मुरबाद र रबालेमा सामूहिक बलात्कार भएको थियो ।
बुधबार बालिकाले प्रहरीमा उक्त घटनाबारे ३३ जना केटासाथीहरुको नाममा उजुरी दिए लगत्तै प्रहरीले २८ जनालाई पक्राउ गरेको हो ।




















