साँकेतिक तस्बिर
काठमाण्डौँ । मलेसियामा अवैध बच्चा जन्माएर मारेरको आरोपमा मलेशियन प्रहरीले १ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ ।
मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले ति महिलालाई बच्चा जन्माई मारेर कोठा भित्रै लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको जनाएको छ ।
आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । अनुसन्धानमा उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको पुष्टी भए पछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको जनाएको छ ।




















