मुग्लीन । पृथ्वी राजमार्ग अन्र्तगत पर्ने इच्छाकामना गाउँपालिका ५ को मुग्लिन बजार नजिकै पर्ने नाग्दिखोलामा कार दुर्घटना हुदा बाट त्रिशुली नदी खसेको छ ।
नदीमा कार खस्दा कारमा सवार मध्ये ३ जना वेपत्ता छन् । एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाण्डौंबाट पोखरा जाँदै गरेको ना. २ च ४९१८ नम्बरको कार बिहिबार राति नदीमा खसेको हो ।
दुर्घटनामा परी बेपत्ता हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका १७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।
दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका १७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
वेपत्ताहरुको शुक्रबार बिहानै देखी खोजी कार्य भइरहेको छ । कार अनियन्त्रित भई त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।




















