साँकेतिक तस्बिर
कपिलवस्तु । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्य बराबरको हरियो केराउ प्रहरीले बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका २ गल्लामण्डी र सोही नगरपालिका १ स्थित कृष्णनगर चन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको २२५ क्विन्टल केराउ फेला पारी ईलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो ।
बरामद हरियो केराउ र ट्रकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।




















