साँकेतिक तस्बिर
काठमाण्डौं । नेपाल प्रहरीले तास खेलिरहेका २५ जना सहित २० लाख भन्दा बढी नगद बरामद गरेको छ ।
राजधानीको कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा दोलखा बैतेश्वर गाउँपालिका ५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।
दाहालको घरमा जुवातास खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्र्तै गरी दाङको घोराही उपमहानगरपालिका १४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीको टोलीले पक्राउ गरेको छ ।
उनको होटलमा जुवातास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई बिहीबार नै जुवातास अन्तरर्गतको मुद्वा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















