फाईल तस्बिर
काठमाण्डौं । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाल पक्का पक्की भएका छन् ।
एकीकृत समाजबादीको आजको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।
महासचिवमा भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतको दावी थियो ।
मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।




















