काठमाण्डौ । गठबन्धन सरकारमा आज प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा डा.नारायण खड्कालाई नियुत्ती गरेका छन् ।
मन्त्री खड्काले पदभार ग्रहण गर्दै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध आफूले सन्तुलित बनाउने बताएका छन् ।
उनी आजै साँझ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम समेत तय भएको छ ।
पदभार ग्रहण गरेपछि सन्चारकर्मीहरुसँग कुराकानी गर्दै डा.खड्काले भारत र चीनसँगको सम्बन्ध अत्यन्त सन्तुलित तथा सुमधुर हुनेछ बताए ।
मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीतिलाई थप सुधार गर्दै अगाडि बढ्ने पनि बताएका छन् ।




















