साँकेतिक तस्बिर
झापा । झापाको एक घरबाट ४ लाख भन्दा बढी रकम सहित कौडा खेलीरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
दमक नगरपालिका १ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४९ वर्षीय कर्ण राई सहित १७ जनालाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई मुद्वा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















