साँकेतिक तस्बिर
रौतहट । गौर बसपार्कबाट ४० किलो चाँदी सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका ४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी सहित सर्लाही मलंगवा नगरपालिका २ बस्ने ३५ वर्षीय बिद्यानन्द साह सोनारलाई प्रहरीले पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।
काठमाण्डौं गौर चल्ने ज्वाला रात्री सेवा बसबाट झरेर पैदल हिँडिरहेका उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको चाँदी फेला परेको हो ।
उनलाई बरामद चाँदी सहित आवश्यक कारवाहीका लागि राजस्व कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।




















