गुल्मी । पहिरो घर पुिरदाँ एकै परिवारका ३ जना दिदी बहिनीको ज्यान गएको छ ।
रेसुङ्गा नगरपालिका ८ थुम्कामा तिलकबहादुर परियारको घर पुरिँदा उनका छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
गएराती परेको भीषण बर्षाका कारण घर माथिबाट खसेको पहिरोले उनिहरु सुतिरेहको कोठामा पुरिएको छ । मृतक तिनै जनाको शव पहिरोबाट निकालेर गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
परियारको घरमा रहेका अन्य सदस्य भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।




















