पोखरा । उच्च शिक्षालय हिसान कास्कीका अध्यक्षमा यम रोक्का निर्विरोध निर्वाचित भएका छन ।
हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौ अधिबेशनले रोक्काको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन भएका छन् । जसको उपाध्यक्षमा दिवाकर जैसी, सचिबमा ढाकाराम कंडेल, कोषाध्यक्षमा सुन्दरप्रसाद ढकाल र सह सचिबमा पुरन कुँवरमा चयन गरेका छन् ।
यसै गरीसदस्यमा डा.चैतन्यराज अधिकारी, लिलावती प्रधान, खिमबहादुर गुरुङ, कृष्णप्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्वर गुरुङ, राजेन्द्रमणी पौडेल, मोहनलाल पौडेल, दिल्लीराम अर्याल, नविन बराल, दिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ निर्विरोध चयन भएका हुन ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक मन्त्रि मेखलाल श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा, गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक बिष्णु नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको हिसान कास्कीले जनाएको छ ।
कार्यक्रममा हिसान कास्कीका संस्थापक डा.कर्णवीर पौडेल, सुर्यबहादुर जिसी, शेरबहादुर गुरुङलाई विशेष सम्मान गरिएको थियो भने डा.राधेश्याम कार्यस्थ र नारायणप्रसाद चापागाईलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
कार्यक्रममा नै गत बर्षको चैत महिनामा भएको युनिभर्सिटी र प्लसटु तर्फ स्तरिय अंग्रेजी निबन्ध लेखन प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।




















