साँकेतिक तस्बिर
सिन्धुली । सिन्धुलीमा भरुवा बन्दुक सहित प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।
दुधौली नगरपालिका २ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित ५ जनालाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा घर र गोठमा लुकाएर राखेको ४ थान बन्दुक सहित जलकिनी बस्ने ५० वर्षीय नुरबहादुर बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएका छ ।
पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना मुद्वा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















