पोखरा । पोखराको बाझापाटनमा पर्खाल भत्काउने क्रममा च्यापिएर १ जना भारतीय नागरिकको ज्यान गएको छ ।
पोखरा महानगरपालिका १३ को बाझापाटनमा रहेको बालकल्याण माध्यामिक बिद्यालयका पुरानो पर्खाल भत्काउने क्रममा सोही पर्खालले च्यापिएर भारतीय नागरिकको ज्यान गएको कास्की प्रहरील जनाएको छ ।
ज्यान गुमाउनेमा भारत बेतिया बसन्तपुर घर भई पोखरा महानागरपालिका १३ को मियाँपाटन बस्नै २० बर्षे यूवक रितेश राम रहेको प्रहरी जानकारी दिएको छ ।
पर्खाल भत्काउदा च्यापिएका रितेशलाई घाईते अवस्थामा मणिपाल शिक्षण अस्पताल लगिएकाे भएता पनि उनकाे उपचारको क्रममा ज्यान गएको थियो ।




















